Comments Add Comment

कोरोनालाई फर्जी चीज हो भन्थिन्, कोभिडकै कारण ज्यान गयो

११ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) झुटो भएको दाबी गर्ने अमेरिकाको फ्लोरिडाका एक ट्याक्सी ड्राइभरकी पत्नीको कोभिड-१९ कै संक्रमणबाट मृत्यु भएको छ ।

फ्लोरिडाका ट्याक्सी ब्रायन ली हिचेन्स र उनकी पत्नी एरिनले कोरोना भाइरसलाई झुट भएको बताउँदै आएका थिए । कोरोना भाइरसलाई झुट मान्नुको कारण उनीहरुले पाएको गलत जानकारी थियो । उनीहरुले कोरोनाको सम्बन्ध फाइभजी नेटवर्कसँग रहेको र यो सामान्य भाइरस भएका जस्ता गलत समाचार पढेका थिए । त्यही कारण दुवैले कोरोना नियन्त्रणका लागि जारी गरिएको दिशानिर्देश पालना गरेनन् ।

गत मे महिनाको शुरुवातमा उनीहरु बिरामी परे । तर, उनीहरुले कुनै पनि किसिमको सहयोग वा उपचार लिएनन् । ब्रायन त बचे, तर उनकी ४६ वर्षीया पत्नी गम्भीर बिरामी परिन् । बिरामी परेसँगै देखिएको मुटुसम्बन्धी समस्याको कारण उनको मृत्यु भयो ।

सल्लाह मानेको भए

एरिन फ्लोरिडामा पादरी थिइन् र उनलाई त्यसअघि नै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि देखिएका थिए । उनका पतिले बताए अनुसार अनलाइनमा पढेको गलत समाचारको आधारमा उनीहरुले कोरोना नियन्त्रणको लागि दिइएको सल्लाह पालना गरेनन् ।

ब्रायन ट्याक्सी चालकको काम गर्थे र उनी भौतिक दुरी पालना गर्ने र मास्क लगाउने दिशानिर्देश पालना गर्दैनथे ।

मे महिनामा उनीहरु दुवैजना बिरामी परे, तर आफूहरुलाई उपचार आवश्यक छ भन्ने महसुस गरेनन् । ब्रायन भन्छन्, ‘सायद शुरुवातमा नै सल्लाह मानेको भए ….’

उनले भने, ‘यो एक वास्तविक भाइरस हो र यसले मानिसहरुलाई फरक किसिमले प्रभावित पार्छ । म बितेको समय फर्काउन सक्दिनँ । म आजको लागि मात्र बाँच्न सक्छु र भविष्यको लागि राम्रो विकल्प छान्न सक्छु ।’

यो वास्तविक भाइरस हो

ब्रायनका अनुसार उनकी पत्नीलाई कोरोना भाइरसको विषयमा पक्का विश्वास थिएन । त्यसैले उनी यसलाई फर्जी चीज हो भन्ने मान्थिन् । उनलाई कहिलेकाहीँ यो फाइभजीसँग सम्बन्धित रहेको मान्थिन् भने वास्तविक रुपमा पनि यो निकै सामान्य रोग भने भन्ने मान्थिन् । उनले सामाजिक सञ्जालमा यस्ता गलत दाबीहरु पढेकी थिइन् ।

ब्रायनलाई सरकारले मानिसको ध्यान भड्काउन यसको प्रयोग गरिरहेको हो भन्ने लाग्थ्यो । ब्रायनले यस विषयमा सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए,जसमा उनले आफू अनलाइनमा भेटिएका गलत समाचारको कारण गुमराहमा रहेको उल्लेख गरेका थिए । उनले लेखेका छन्, ‘तपाइँ बाहिर जाँदै हुनुहुन्छ भने सतर्क रहनुहोस् र मेरोजस्तो मूर्खता नगर्नुहोस्, ताकि मेरो पत्नीलाई भएको जस्तो तपाईंलाई नहोस् ।’

मे महिनामा कोरोना भाइरसको विषयमा फैलिएका गलत जानकारीको कारण हिंसा, आगजनीको कारण मानिसहरुको मृत्यु भइरहेको एक अध्ययनले देखाएको थियो ।

डाक्टर र विशेषज्ञहरुले अनलाइनमा रहेका अफवाहहरु, भ्रममा राख्ने सिद्धान्तहरु र गलत स्वास्थ्य सूचनाबाट अप्रत्यक्षरुपमा पर्ने क्षतिको जोखिम अझै पनि कायम रहेको बताएका छन् ।

सामाजिक सञ्जाल कम्पनीहरुले पनि गलत सूचना रोक्नका लागि प्रयास गरिरहेका छन् तर यस विषयमा थप काम गर्नु जरुरी रहेको जानकारहरुले बताएका छन् । फेसबुकले आफ्नो प्लेटर्फममा पोस्ट हुने गरेका गलत जानकारीहरु हटाएको बताएको छ । फेसबुकले हटाएको सामग्रीमा कोरोना भाइरसको उपचार र सामाजिक दुरीको प्रभावकारी नहुनेलगायतका सूचना सामेल छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment