१२ भदौ, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
सिराहाको लाहान घर भई विराटनगर महानगरपालिका– १० बस्ने ६५ वर्षीया महिलाको शुक्रबार बिहान १०ः४५ बजे मृत्यु भएको केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।
बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे अस्पतालमा भर्ना गरिएको थियो । सिग्देलका अनुसार बिहान ७ बजेदेखि महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
मृतकमा दमको पुरानो समस्या रहेको डा. सिग्देलले बताए । शुक्रबार मोरङको बेलबारी नगरपालिका ५ कि ५६ वर्षीया कोरोना संक्रमित महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4