
१२ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७७ हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७७ हजार २६६ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३३ लाख ८७ हजार ५०१ पुगेको छ । भारतमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
त्यस्तै, भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६१ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ५७ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख ८३ हजार ९४८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा अहिलेसम्म सात लाख ४२ हजार २३ संक्रमित निको हुन बाँकी छन् ।
स्रोत : एएनआई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4