+
+

अनेरास्ववियूको माग- शैक्षिकसत्र खेर जान नदेऊ, एसईई ग्रेडिङ स्थगित गर

अनेरास्ववियूले शिक्षामन्त्रीलाई इमेलमार्फत् पठायो २१ बुँदे ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १७:००

१२ भदौ, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले एसईई ग्रेडिङ मापदण्ड स्थगित गर्नुपर्ने लगायतका २१ सूत्रीय मागसहितको ज्ञापनपत्र आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बुझाएको छ ।

इमेलमार्फत् बुझाइएको ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ ।

कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।

ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हालतमा खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाइ सहजीकरण निर्देशिका ०७७ को समीक्षा तथा अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन माग गरेको छ ।

त्यसैगरी कक्षा ११ मा भर्ना हुनका लागि यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापदण्डलाई स्थगित गरी गत वर्षको मापदण्ड अनुसार नै भर्ना गर्नसमेत माग गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अनलाइन शिक्षा लगायतका विशेष शिक्षाको लागि विशेष योग्यता भएका जनशक्तिलाई करारमा भर्ती गर्न र स्वयंसेवक शिक्षकको व्यवस्था गर्नुपर्ने माग पनि अनेरास्ववियूको छ ।

अनेरास्ववियूले विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न र कक्षान्नोत्ति गर्न तथा होम सेन्टरको व्यवस्था गरी कक्षा १२ को परीक्षा चाँडोभन्दा चाँडो गर्न माग गरेको छ ।

त्यसैगरी शैक्षिक वातावरण बनाउन आइसोलेसन र कोरेन्टिनहरु रहेका विद्यालयहरुमा डिसइन्फेक्सन गर्न तथा क्वारेन्टिनहरुको वैकल्पिक व्यवस्था गर्नसमेत माग गरिएको छ ।

विश्वविद्यालय तर्फ अनलाइन तथा वैकल्पिक कक्षा, परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयलाई प्रदान गर्न अनेरास्ववियूले माग गरेको छ ।

सेमेस्टर प्रणालीमा चलेका कक्षाहरुको हकमा स्वतः सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमशः बाँकी रहेका सबै समेस्टरहरुको परीक्षा गराउन माग गरिएको छ ।

यसैगरी अनेरास्ववियूले विद्यार्थीलाई लक्षित गरी सबै शिक्षण संस्थाहरुमा वाइफाइ तथा विद्यार्थीहरुलाई सुपथ रुपमा एनटीसी तथा एनसेल डाटा प्याकको व्यवस्था गर्न सरकारसँग विशेष माग गरेको छ । त्यसैगरी रिक्त रहेका विश्वविद्यालयहरुमा यथाशीघ्र पदाधिकारी नियुक्त गर्न पनि माग गरिएको छ ।

यसैगरी नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायत सम्पूर्ण व्यवसायिक परिषदबाट लिइने लाइसेन्स परीक्षाहरु वैकल्पिक प्रणालीबाट सञ्चालनको व्यवस्था गर्नसमेत माग गरिएको अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले बताए ।

हेर्नुहोस् अनेरास्ववियूले शिक्षामन्त्रीलाई बुझाएको ज्ञापनपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?