
१३ भदौ, धनगढी। कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बाउने निर्णय गरिएको छ । आइतबार राति सकिन लागेको निषेधाज्ञालाई १९ गते रातिसम्म लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।
‘कोरोना संक्रमणको अवस्था बढ्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ’ प्रजिअ बोहराले भने ‘निषेधाज्ञाका नियमहरू यथावत् छन् ।’
शुक्रवार बसेको सुरक्षा समितिको बैठकले पनि भदौ ४ गतेदेखि जारी निषेधाज्ञा १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4