Comments Add Comment

विद्यालयको ढोकाले चेपिँदा बालकको मृत्यु

नेकपाको कार्यक्रमका लागि खोलिएको थियो विद्यालय

१४ भदौ, सप्तरी । सप्तरीमा विद्यालयमा फलामे ढोका खसेर एक बालकको मृत्यु भएको छ ।

रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकीको हालै निर्माण गरिएको फलामको गेट खस्दा सोही विद्यालयका कार्यालय सहायक चन्द्रशेखर प्रमाणीका १४ बर्षीय छोरा भूपेन्द्रको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ६ः३० बजेतिर भएको उक्त घटनामा ज्यान गुमाएका बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।

नेकपाको कार्यक्रमका लागि खोलिएको थियो विद्यालय 

कोरोना संक्रमण फैलिन नदिन भनी हाल विद्यालयमा बालबालिकाको पठनपाठन बन्द छ । विद्यालय बन्द भएको ६ महिना पुगिसकेको छ ।

पछिल्लो ६ महिना यता बन्द रहेको विद्यालयलाई खोल्न लगाएर रुपनी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छेदी इसरले आफ्नो पार्टी नेकपाको छलफल आयोजना गरेका छन् । त्यसका लागि उनले विद्यालयका कार्यालय सहायक चन्द्रशेखरलाई विद्यालय खोल्न अह्राएका थिए ।

विद्यालय खोल्न चन्द्रशेखर जाँदा पछि–पछि उनको छोरा पनि गएका थिए । नेकपाको छलफल सकेर नेता/कार्यकर्ता बाहिर गएपछि भूपेन्द्र खेल्दै विद्यालयको गेटमा पुगेका थिए । उनले निर्माण गरेर राखिएको फलामको ढोकालाई छुनेवित्तिकै उनीमाथि खसेको थियो ।

वडा अध्यक्ष इसर विकास निर्माणको विषयमा पार्टीको छलफलको आयोजना गरिएको स्वीकार्छन् । ‘छलफल ठूलो थिएन, केही नेतालाई मात्रै बोलाएर वडाको विकास सम्बन्धमा छलफल गरेका थियौं’ उनले भने, ‘तर घटना चाहिँ छलफल भइसकेपछि भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment