Comments Add Comment

क्लासिक टेकमा टिकटक सँधैभरी ठिकठाक, ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न कम्पनीको अनुरोध

टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ । नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा शेयर गर्न सकिन्छ ।

हालै नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुले टिकटकको प्रयोग २५ प्रतिशत भन्दा धेरै बढेसँगै जुलाईको अन्त्यदेखि समस्याहरु भोगिरहेको भन्दै जानकारीहरु बाहिर आएका छन् ।

अन्य इन्टरनेट सेवा प्रदायकहरुका प्रयोगकर्ताहरुले टिकटकमा समस्या भोगिरहेको भएपनि क्लासिक टेकका प्रयोगकर्ताहरुले भने ढुक्कले टिकटक चलाईरहेका छन् । उत्कृष्ट इन्टरनेट सेवा प्रदान गरिरहेको क्लासिक टेकले ग्राहकहरुको मागअनुसार आफ्नो प्राविधिक क्षमतालाई चुस्त र दुरुस्त राख्दै आएको छ ।

सामान्य अवधिमा होस वा इन्टरनेट प्रयोगको पिक आवरमा क्लासिक टेकका ग्राहकहरुे सहजरुपमा नै टिकटक सेवा चलाईरहेका छन् । जहाँ हाम्रा ग्राहकहरुले कुनै समस्या भोगेका छैनन् ।

यसको लागि कम्पनीले आकामाईको सर्भरबाट टिकटक कन्टेन्ट ब्याण्डविथ व्यवस्थापन गरिरहेको छ भने अन्तिम प्रयोगकर्ताहरुलाई सहजरुपमा सेवा दिईरहेको छ । कम्पनीसँग अहिले भईरहेको ग्राहक भन्दा दोब्बर ग्राहकहरुको ट्राफिक धान्ने सर्भर रहेको छ । यस बाहेक कम्पनीसँग उच्च क्षमताका १२ वटा आकामाई लगायतका सर्भरहरु यसै साताभित्रै कम्पनीमा आईपुग्नेछन् ।

‘हाम्रा ग्राहकहरुले टिकटक चलाउन पहिले पनि कुनै समस्या थिएन् र अहिलेपनि कुनै समस्या छैन्, यसको लागि हाम्रो प्राविधिक टिम २४ सै घण्टा खटिएको छ । हामी हाम्रा सेवाग्राहीहरुलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न अनुरोध गर्दछौं,’ क्लासिक टेकले भनेको छ । कम्पनीले आफ्नो इन्टरनेट सेवा बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न सकिने र समस्याको समाधान गरिने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment