+
+

रुपन्देहीमा भदौ २० सम्म निषेधाज्ञा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १८:३६

१४ भदौ, बुटवल । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले रुपन्देही जिल्लामा भदौ २० गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेश भदौ १४ गते राति १२ बजे सकिँदैछ ।

निषेधाज्ञाको अवधि सकिनुअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आइतबार दिउँसो बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण दर बढ्दै गएकाले थप फैलिन नदिन भदौ २० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको वैठकमा सहभागी सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए ।

वैठकमा उद्योगी व्यवसायीका प्रतिनिधिले भने लामो लकडाउनले उद्योग, व्यवसाय धराशायी बनेको र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने निम्न वर्गका मजदूर संकटमा परेकाले लकडाउनको विकल्प खोज्न सुझाव दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले डीसीएमसीसीको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम लकडाउन वा निषेधाज्ञा मध्ये एक आदेश जारी गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?