+
+
Shares

हेटौंडामा ४१ करोडमा तरकारी बजार निर्माण गर्न सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १९:०३

१४ भदौ, हेटौंडा । हेटौंडामा प्रदेश स्तरीय कृषि थोक बजारको निर्माणका लागि सम्झौता भएको छ । थोक बजारको निर्माणका लागि बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाबीच सम्झौता भएको छ ।

४१ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त बजार निर्माणका लागि ७० प्रतिशत रकम बागमती प्रदेश सरकार र ३० प्रतिशत हेटौंडा उपमहानगरपालिकाले ब्यहोर्नेछ । सम्झौतामा उपमहानगरका मेयर हरिबहादुर महत र निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले हस्ताक्षर गरेका छन् ।

थोक बजारले जनताको श्रमको उचित मुल्य दिने र अहिले रहदै आएको बिचौलियाको समस्या हल हुने मेयर महतले बताए । यो बजारलाई किसानले उत्पादन गरेका कृषि तरकारी, फलफूल संकलन र बिक्री गर्ने केन्द्रको रुपमा विकास गर्ने उनले बताए ।

निर्देशनालयका निर्देशक प्रधानले कृषि केन्द्र निर्माणका लागि तत्काल ग्लोवल ठेक्कामा गएर काम सुरु गर्नका लागि तयार रहेको बताए । हेटौंडा ११ थानाभर्‍याङमा उपमहानगरको स्वामित्वमा रहेको डेढ बिघा जग्गामा बजार निर्माण हुनेछ ।

थोक बजार निर्माणका लागि उपमहानगरले त्यस क्षेत्रका ५८ वटा घर हटाएको थियो । सम्झौतामा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बजार निर्माणपछि तरकारीमा बिचौलियाको चलखेल कम हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?