+
+

ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते २०:१२

१४ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेका ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित थिए । अवकाशपछि उनको विज्ञता ललितपुरको नगर प्रहरी बलमार्फत उपयोग गरिने महर्जनले बताए ।

हाल ललितपुरको नगर प्रहरीमा करिब १५ जना छन् । तर यसलाई छिटै बढाएर ७२ जना पुर्‍याइँदैछ । त्यसमा ३ जना प्रहरी निरीक्षक पनि हुनेछन् । यो टिम हाछेथुको कमाण्डमा हुनेछ ।

आफू नगर प्रहरी बल प्रमुख नियुक्त भएको हाछेथुले पनि पुष्टि गरे । उनले आफूले बोलेर नभई काम गरेर देखाउने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?