+
+

रुपन्देहीमा भदौ २० सम्म निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते २०:३२

१४ भदौ, बुटवल । रुपन्देहीमा भदौ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आइतबार सांझ सूचना जारी गर्दै भदौ १४ गते रातिसम्मको निषेधाज्ञालाई भदौ २० गतेसम्म निरन्तरता दिएका हुन् ।

कोरोना संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको प्रजिअ पन्थले बताए ।

निषेधाज्ञा अवधिमा खाद्यान्न, फलफूल, तरकारी, माछा मासु, दुध तथा डेरीजन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन हुन पाउने छन् ।

बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने वा सहज आपूर्तिमा अवरोध गर्नेलाई कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?