Comments Add Comment

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

१५ भदौ, काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनको मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए ।

मुखर्जीको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment