Comments Add Comment

गण्डकीमा १४ दिने नाबालकसहित ३९ जनामा कोरोना पुष्टि

१६ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार १४ दिने नाबालकसहित  थप ३९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन् ।

लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुईजना र बागलुङमा एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, जमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन् । उनीहरु सबैकै पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।

संक्रमण पुष्टि भएका एकजना नेपाल पर्यटन बोर्ड, पोखराका पदाधिकारी हुन् । उनको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment