+
+
Shares

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १६ गते १२:२४

१६ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण ६५ हजार २८८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८१९ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३६ लाख ९१ हजार १६७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६९ हजार ९२१ नयाँ संक्रमित थपिएका हुन् । यसअघि लगातार पाँच दिन भारतमा कोरोना भाइरसका ७५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदै आएका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका २८ लाख ३९ हजार ८८३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिले भारतमा सात लाख ८५ हजार ९९६ संक्रमित निको हुन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?