+
+

फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्न नमिल्ने !

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १०:४५

काठमाडौं । प्रयोगकर्ताले शेयर गर्ने विभिन्न समाचारहरु बापत सम्बन्धित सञ्चार माध्यमलाई शुल्क तिर्नुपर्ने अष्ट्रेलियाको प्रस्तावित नयाँ कानुनप्रति फेसबुकले कडा प्रतिक्रिया जनाएको छ ।

फेसबुकमा जो कोहीले शेयर गर्ने समाचारबापत सम्बन्धित मिडियालाई फेसबुकले पैसा तिर्नुपर्ने गरी अष्ट्रेलियाले नयाँ कानून निर्माणको तयारी गरेसँगै फेसबुक र गुगल त्यसविरुद्ध उभिएका छन् ।

त्यस्तो कानून बनेमा अष्ट्रेलियामा फेसबुक प्लाटफर्ममा समाचार शेयर गर्ने फिचर बन्द गर्ने चेतावनी फेसबुकले दिएको छ ।

गुगलले गत महिना नै प्रस्तावित उक्त कानुनको विरोध गर्दै यदि सो कानुन आएमा अष्ट्रेलियामा गुगल सर्चको सेवा नाटकीय रुपमा खस्किने चेतावनी प्रयोगकर्ताहरुलाई दिएको छ ।

यसरी गुगललाई पछ्याउँदै फेसबुकले पनि पछिल्लोपटक चेतावनी दिएसँगै अष्ट्रेलिया सरकार र दिग्गज प्रविधि कम्पनीहरुबीचको तनाव सतहमा आएको हो ।

समाचार शेयर भएबापत फेसबुकले पैसा तिर्नुपर्ने अष्ट्रेलियाद्वारा प्रस्तावित विधयेकले कानुनको रुप लिएमा अष्ट्रेलियाली प्रयोगकर्ताका लागि फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्ने फिचर बन्द गरिने फेसबुकले प्रष्ट पारेको छ ।

अष्ट्रेलियन नियामक निकायको रुपमा रहेको प्रतिस्पर्धा तथा उपभोक्ता आयोगले भने विज्ञापनबाट हुने आम्दानी धरासायी भएको अवस्थामा प्रविधि कम्पनी र अष्ट्रेलियन समाचार संस्थाहरुको बीचमा तादात्म्यता कायम गर्न उक्त कानुन बनाउन लागेको दाबी गरेको छ ।

समाचार शेयर गर्ने फिचर बन्द गरिने फेसबुकको चेतावनीलाई उसले गलत समयको गलत बुझाइ भनी टिप्पणी गरेको छ ।

आयोगका अध्यक्ष रोड सिम्सका अनुसार उक्त कानुनको उद्देश्य भनेको फेसबुक तथा गुगल जस्ता कम्पनीहरु र अष्ट्रेलियन समाचार मिडिया व्यवसायबीचको सम्बन्धलाई स्वच्छ र पारदर्शी बनाउनु हो ।

तर अष्ट्रेलिया तथा न्युजिल्याण्ड हेर्ने फेसबुकका प्रबन्ध निर्देशक विल एस्टोनले आफ्नो ब्लग पोष्टमा उक्त प्रस्तावित कानुनप्रति टिप्पणी गर्दै त्यसले इन्टरनेटको बहुआयामिकतालाई दिग्भ्रमित बनाउनुका साथै अष्ट्रेलियन सरकारले संरक्षण गर्ने प्रयास गरिरहेका समाचार एजेन्सीहरुलाई उल्टै क्षति पु¥यराउने चेतावनी दिएका छन् ।

त्यस्तो कानून बनेमा समाचार एजेन्सीहरु आफैंले फेसबुकमा शेयर गरेको समाचार बापतसमेत फेसबुकले उनीहरुलाई पैसा तिर्नुपर्ने अवस्था आउने उनको तर्क छ ।

फेसबुकको न्युजफिडका कारण समाचार एजेन्सीहरुलाई ठूलो फाइदा पुगेको र सन् २०२० को पहिलो पाँच महिनामा मात्रै फेसबुक न्युजफिडबाट छिरेर पाठकहरुले २ अर्ब ३० करोड पटक अष्ट्रेलियन समाचार वेबसाइटहरुका सामाग्रीहरु हेरेको भन्दै उनले यसबाट न्यूज एजेन्सीहरुलाई २० करोड डलर फाइदा भएको जिकिर गरेका छन् ।

फेसबुक तथा इन्स्टाग्राममा समाचार शेयर गर्न रोक्नु आफूहरुको लागि पहिलो रोजाइ नभई अन्तिम विकल्प भएको भन्दै उनले समाचार रोकिए पनि फेसबुकका अन्य सेवा तथा फिचरहरुमा भने कुनै प्रभाव नपर्ने प्रष्ट पारेका छन् ।

बीबीसीसँगको कुराकानीमा फेसबुकका प्रवक्ताले अष्ट्रेलियामा फेसबुक तथा इन्स्टाग्राममा समाचारहरुमाथि बन्देज लगाउने प्रक्रियाको कार्यान्वयनका विषयमा छिटै नै विस्तृत खाका सार्वजनिक गरिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?