+
+
Shares

पोखरामा एकैदिन समातिए २८ जना फरार अभियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १३:४५

१७ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पोखराले एकैदिन २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । दण्डहिनताविरुद्धको अभियान अनुसार कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयले दोषी ठहर्‍याएका व्यक्तिलाई पक्राउ गरिएको हो ।

कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले अनलाइनखबरलाई बताए अनुसार जिल्लाका विभिन्न क्षेत्रमा लुकिछिपी बसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सरकारी छाप दस्तखत तथा कीर्ते मुद्दामा एक वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना तोकिएका २१ वर्षीय अनिल थापा मगर, बैंकिङ कसूर सम्बन्धी मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४ हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ छन् ।

सार्वजनिक अपराध सम्बन्धी कसूरमा ३५० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना फैसला भएर फरार रहेका २६ जना व्यक्ति पनि पक्राउ परेका छन् । सबैलाई फैसला कार्यान्वयनका लागि अदालत र प्रशासन बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?