Comments Add Comment

इरेक्टाइल डिसफंक्सन र मुटुरोग

इरेक्टाइल डिसफंक्सन पुरुषहरूलाई हुने एक प्रकारको यौन समस्या हो । यो समस्या भएका पुरुषहरू सम्भोगका क्रममा धेरै बेर लि¨ उत्तेजित बनाइराख्न असमर्थ हुन्छन् । यसले यौन सन्तुष्टिमा वाधा पु¥याउने त छँदै छ, त्योभन्दा ठूलो डर यस्तो लक्षण देखिनु भनेको मुटुरोगको प्रारम्भिक संकेत हो । यो समस्या अघि बढ्दै जाँदा हार्ट अट्याक समेत हुनसक्छ । यसै गरी जो मुटुरोगबाट पीडित छन् उनीहरूले उपयुक्त उपचार प्रणालीको सहयोग लिई इरेक्टाइल डिसफंक्सनको समस्याबाट पनि छुटकारा पाउन सक्छन् ।

मुटुरोग तथा इरेक्टाइल डिसफंक्सनको समस्या परस्पर सम्बन्धित छन् किनभने मांसपेशी एवं रक्तनलीको भित्री तहमा शिथिलताका कारण मुटुमा रगतको आपूर्ति कम हुन्छ भने लि¨मा कम मात्र रक्तप्रवाह हुने गर्छ ।  कसरी यस्तो हुन्छ त ? कसरी यी दुई समस्या एकअर्कासँग सम्बन्धित छन् त ?

इरेक्टाइल डिसफंक्सन र मुटुरोग

इरेक्टाइल डिसफंक्सनले सदैव मुटुरोग भएकै संकेत गर्छ भन्ने होइन तर जसमा यस्तो समस्या हुन्छ, उनीहरूलाई मुटुरोगको समेत जाँच गर्ने सल्लाह दिइन्छ ।

कसैकसैलाई बढी डर

इरेक्टाइल डिसफंक्सन तथा मुटुरोग हुने प्रक्रिया सामान्य हुन्छ । यसका साथै यी दुई रोगको जोखिम बढाउने कारक तत्व पनि एकै किसिमको हुने गर्छ । यस्तो जोखिमको कारक तत्व नियाल्दा के देखिन्छ भने स्तम्भन दोष अर्थओस्कलेरोसिस तथा मुटुरोगका लागि उत्तरदायी हुने गर्छ ।

मधुमेह

जो जो पुरुषमा मधुमेहको समस्या छ, उनीहरूमा स्तम्भन दोष, मुटुरोग एवं रगतको प्रवाह कम भएका कारण देखा पर्ने रोगहरू हुने सम्भावना बढी हुन्छ ।

उच्च कोलेस्ट्रोल

खराब कोलेस्ट्रोल अर्थात् लो डेन्सिटी लिपोप्रोटिन वा एलडीएल कोलेस्ट्रोलका कारण पनि अर्थओस्कलेरोसिस हुने सम्भावना धेरै बढी हुन्छ ।

धूमपान

धूमपानका कारण पनि अर्थओस्कलेरोसिस हुने खतारा वृद्धि हुन्छ । यसका साथै धूमपानको लतले सम्भोगका क्रममा हुने लि¨को उत्तेजनामा पनि नकारात्मक असर पु¥याउँछ ।

उच्च रक्तचाप

लामो समयसम्म रहिरहने उच्च रक्तचापले धमनी तथा नसाहरूमा नोक्सान पु¥याउँछ । यसबाट अर्थओस्कलेरोसिस हुने खतरा वृद्धि हुन्छ ।

टेस्टोस्टेरोनको स्तर

कोही कोही पुरुषमा टोस्टोस्टेरोनको स्तर कम हुन्छ । यस्ता पुरुषहरूमा इरेक्टाइल डिसफंक्सन तथा मुटुरोग हुने सम्भावना सामान्य टेस्टोस्टेरोन स्तर भएका पुरुषहरूको तुलनामा बढी हुन्छ ।

पारिवारिक इतिहास

परिवारको कसैमा मुटुरोग छ र त्यस्ता पुरुषमा स्तम्भन दोषको समस्या देखा परे त्यो मुटुरोगको कारक हुने सम्भावना बढी हुन्छ । आप्mना सहोदर तथा आमाबुबामध्ये कसैमा कम उमेरमै मुटुरोग देखिएको भए त्यस्ता व्यक्तिको स्तम्भन दोष एवं मुटुरोगको कारण पारिवारिक इतिहास हो भन्ने आधार बलियो बन्दछ ।

उमेर

कम उमेरमै स्तम्भन दोष हुनुपछाडिको कारण मुटुरोग हुनसक्छ । ५० वर्षभन्दा कम उमेरका पुरुषमा यस्तो समस्या देखिए त्यो मुटुरोगको संकेत हुनसक्छ भने ७० वर्षभन्दा बढी उमेरका पुरुषमा देखा पर्ने स्तम्भन दोषको सम्बन्ध मुटुरोगसँग नहुन सक्छ ।

बढी तौल

मोटोपन तथा बढी तौलले मुटुरोग एवं स्तम्भन दोष दुवै समस्या हुनसक्ने सम्भावना वृद्धि गर्छ । बढी तौलका कारण अर्थओस्कलेरोसिस तथा अन्य थुप्रै रोगको आशंका बढाउँछ ।

अवसाद

अनेकौं अनुसन्धानबाट के देखिएको छ भने अवसाद मुटुरोग एवं स्तम्भन दोष दुवै समस्याको प्रमुख कारण हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment