Comments Add Comment

हुम्लाको रोडिकोटमा ६ घर जलेर नष्ट

तीन महिना पुग्ने खाद्यान्न दिन्छौं : मन्त्री भण्डारी

१८ भदौ, सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् ।

स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआइजी) बसन्तकुमार पन्तले जानकारी दिए ।

बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगो आज बिहान २ बजे नियन्त्रणमा आएको छ । अगलागीबाट भएको क्षतिको विवरण एकिन नभएको प्रहरीले जनाएको छ ।

तीन महिना पुग्ने खाद्यान्न दिन्छौं ः मन्त्री भण्डारी

यसैबीच कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले हुम्लाका अग्नि पीडितलाई प्रदेश सरकारले तीन महिना पुग्ने खाद्यान्न उपलब्ध गराउने बताएका छन् ।

‘अग्नि पीडितहरुलाई तत्काल राहत र उद्धारको खाँचो छ,’ मन्त्री भण्डारीले भने, ‘प्रदेश सरकारकातर्फबाट हामी तत्काल कम्तीमा तीन महिना पुग्ने खाद्यान्न सहायोग गछौं ।’

वस्ती व्यवस्थापनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने मन्त्री भण्डारीले बताए । आगलागीको अवस्था बुझेर के गर्न सकिन्छ भन्नेबारेमा सरकारले थप योजना बनाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment