+
+
Shares

बागलुङ उडेको गृहमन्त्री सवार हेलिकप्टर पोखरामा अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १३:१२

१८ भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत लिएर गएको टोली सवार हेलिकोप्टर पोखरामा रोकिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको टोली नेपाली सेनाको हेलिकप्टरमा बिहीबार बिहान काठमाडौंबाट बागलुङतर्फ गएको थियो ।

तर, खराब मौसमका कारण स्याङ्जासम्म पुगेर गृहमन्त्री थापासहितको टोली पोखरा फर्किर्एको हो । मौसम खुलेपछि पुनः बागलुङ जाने तयारी गरिएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले अनलाइनखबरलाई बताए ।

गृहमन्त्री थापासहितको टोली यसअघि पनि राहत लिएर सिन्धुपाल्चोक र अछामको बाढी प्रभावित क्षेत्रमा पुगिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?