+
+
Shares

नवलपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १६:३३

१८ भदौ, चितवन । चितवनको चितवन मेडिकल कलेजमा नबलपुरका एक जना कोरोना संक्रमित युवकको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ ।

भदौ ९ गते अस्पताल भर्ना भएका र भदौ १० गते कोरोना संक्रमण पुष्‍टि भएका गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको कलेजका  निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । मृतक पुरुष मिर्गौलाको रोगी थिए ।

यसअघि, चितवन मेडिकल कलेजमा नै बुधबार राति साढे १२ बजे चितवनको भरतपुर महानगरपालिका–११ कि ४० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु  भएको थियो । योसँगै चितवनमा कोरोना संक्रमितको मृत्यु संख्या १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?