+

जमैका दुई खेल अगावै सेमिफाइनलमा, साविक विजेता बार्बेडोस गाएनासँग पराजित

२०७७ भदौ  १९ गते ९:२१ २०७७ भदौ १९ गते ९:२१
जमैका दुई खेल अगावै सेमिफाइनलमा, साविक विजेता बार्बेडोस गाएनासँग पराजित

१९ भदौ, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलिन जमैका तल्लावाहज क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० को सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा साविक विजेता बार्बेडोस ट्राइडेन्ट्स गाएना अमेजन वारियर्ससँग ६ विकेटले पराजित भएपछि जमैका दुई खेल खेल्नुअघि नै सेमिफाइनल पुग्ने पक्का भएको हो ।

बार्बेडोसले दिएको ९० रनको सामान्य लक्ष्य गएनाले १४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

यसअघि नै ट्रिनबागो नाइटर इडर्स, गाएना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्सले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । अब लिग चरणको खेलपछि शीर्ष चारमा रहेका टोलीमध्ये पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच सेमिफाइनल खेल हुनेछ ।

बिहीबार बेलुका भएको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सविरुद्धको खेल रद्द भएपछि जमैकाले १ अंक मा जोडेको थियो । प्याट्रिओट्सले ५.४ ओभरमा विनाक्षति ४६ रन बनाउँदा वर्षाले प्रभावित भएको खेल फेरि सुरु हुन नसक्दा अंक बाँडिएको हो ।

८ खेलमा ३ जित ४ हार र १ नतिजाविहन खेलपछि जमैकाले ७ अंक जोडेको छ ।

उता गाएनासंग पराजित बार्बेडोसको ९ खेलबाट ४ अंक मात्र छ । बार्बेडोस र जमैकाबीच अब अर्को खेल हुनेछ । उक्त खेल बार्बेडसले जितेपछि शीर्ष चारमा पुग्न सक्ने छैन ।

बार्बेडोसलाई पराजित गरेको गाएना लिगमा सबै १० खेलपछि १२ अंकसहित दोस्रो स्थानमा छ । ८ खेलबाट १० अंक जोडेको जुक्स तेस्रो स्थानमा छ । ८ खेलसम्म अपराजित रहँदै १६ अंक जोडेको ट्रिनबागो शीर्ष स्थानमा छ । ट्रिनबागोले सेमिफाइनलमा लिगको चौथो स्थानको टोलीसँग खेल्नेछ ।

सीपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय