Comments Add Comment

प्लाष्टिकजन्य बस्तुको प्रयोगले स्वास्थ्यमा के हानी गर्छ ?

अहिले हामीले आफ्नो जीवनबाट अलग गर्न मुस्किल हुनेगरी प्लाष्टिकले आफ्नो हिस्सा बनाएको छ । जबकी प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यान्तै हानिकारक छ ।

पोलेथिन ब्यागदेखि लिएर खेलौना, भाँडावर्तन, पाइप, फर्निचर, वट्टा आदि अनेक उपयोगी वस्तुहरूको निर्माण प्लाष्टिकबाट हुने गर्दछ । तपाईं-हाम्रो भान्सामा भएका अधिकांश बस्तु प्लाष्टिकजन्य छन् । बजारमा उपलब्ध विस्कुट, चाउचाउ सबै प्लाष्टिकमा प्याक भएर हाम्रो भान्सासम्म आइपुग्छ । त्यसैगरी दैनिक जीवनमा पनि हामी प्लाष्टिक व्यागदेखि भाँडावर्तनसम्म प्रयोग गरिहेका छौं । चाहे खानेकुरा खान होस् वा पानी राख्न, प्लाष्टिक सजिलो र उपयोगी भइरहेको छ ।

एकातिर प्लाष्टिक हाम्रो दैनिक प्रयोगमा आइरहेको छ भने, अर्कोतिर चाडो नगल्ने, नसड्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयानक खतरा बन्दैछ । पर्यावरण, पानी, किरा, फटयांग्रालगायत जीवाणु, विषाणु, लेउ, झ्याउ र ढुसीलाई गलाउन असक्षम छन् । अम्ल, क्षार, लवणलगायतअन्य रसायनहरूसँग क्रिया गराउँदा पनि प्लाष्टिकलाई गलाउन सकिदैन । जसले गर्दा यो प्रदूषणको कारण बन्दैछ ।

हिमालय या घना जंगल, तालतलैया हुन् या नदि–नाला, सबैतिर फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य कुरुप वनाउदै गइरहेको छ । आखिर प्लाष्टिकजन्य वस्तु

हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरूको उत्पादनमा ईष्टर–थ्यालेट, बिसो फिनोल “ए”, फिनोल “एस”, जिनोईस्ट्रोजेनहरू, सिसा र एण्टिमनि जस्ता तत्वहरू मिसाइएको हुन्छ । यीे तत्वहरूको प्रयोग प्लाष्टिकजन्य वस्तुहरूलाई मुलायम, टिकाउ, दरिलो, उपयोगी र आकर्षक  बनाउन प्रायोग गरिन्छ ।

यी  वीषात्त तत्वहरू अत्यन्त सूक्ष्म मात्रा पनि शरिरका विभिन्न अंगहरूका क्रियासिल कोषहरूलाई मार्न सक्षम छन् । खासगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको बच्चा र अन्य छिट्टै विकसितहुने कोषहरूलाई यि तत्वहरूले मार्ने गर्दछ ।

यसले मोटोपन बढ्ने, पुरुषहरूको पनि स्तन बढ्ने, केटीहरूमा समयपूर्व नै यौवनका लक्षणहरू देखापर्ने, पुरूष ग्रन्थि (प्रोस्टेट) बढ्ने र क्यान्सर हुने, नपुंशकता, बाँझोपन, हर्मोनल गडवडी र गर्भ मै बच्चा मर्ने अथवा विकृत बच्चाहरू जन्मने जस्ता समस्या देखिने गर्दछ ।

प्लास्टिकमा भएका बिषहरू र यि तत्वहरूले स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरूका बारेमा अनुसन्धानहरू भैरहेका छन् र यो तत्वलाई विभिन्न रोगहरूको कारकतत्वको रुपमा बुझिदै आएको छ ।

प्रश्न उठ्छ कि, यो समस्यावाट मुक्ति कसरी पाउने ?

अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक विसर्जनले पर्यावरण प्रदुषित गर्नुका साथै जनस्वस्थ्यमा ठूलो क्षति पू¥याईरहेको छ । नगल्ने प्लाष्टिकबाट वच्नका लागि यसलाई जलाइदिन्छौ तर यसको जलनवाट वातावरणमा कार्वनडाइ अक्साइड,कार्वन मनोअक्साइड  र अन्य विषालु ग्याँसहरुको मात्रा वढ्न जान्छ ।

अर्कोतर्फ यसको जलनवाट उत्पन्न ग्यासले पर्यावरण तातिदै जाने र ‘ग्लोबल वार्मिङ’को समस्या ल्याउने खतरा पनि छ ।  प्लास्टिक बिसर्जन गर्न यसलाई खाल्डो खनेर गाडिदिने गरिन्छ । प्लाष्टिककै कारण माटोले उर्वराशक्ति गुमाउन पुग्छ । यसले गर्दा अन्नवाली उब्जनीमा वाधा पुग्छ ।

पर्यावरणिय समस्याका साथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखापरेका भयावह रोगहरूका कारण पनि प्लाष्टिकलाई मानिएको छ । यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरूले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरूलाई कडाईका साथ प्रतिवन्ध लगाउदै गएका छन् ।

हाम्रो देशमा पनि पोलिथिनको उपयोग र विक्रीवितरणलाई निरुत्साहित विभिन्न कानुनहरूको व्यवस्था छ ।  नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थ भन्दा पोलीथिन प्रयोगलाई मात्र मात्र निरुत्साही गर्ने खालको कानुन छ । तर, कानुनले मात्र यसको प्रयोगलाई घटाउन सक्दैन । यसका लागि जनचेतना वा हरेक व्यक्ति आफैमा सजग हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment