+
+
Shares

कोरोना संक्रमित महिलालाई शल्यक्रियाद्वारा सुत्केरी गराइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १५:२६

१९ भदौ, काठमाडौं‌ । काठमाडौं मेडिकल कलेज सिनामंगलले कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ महिलाको शल्यक्रियामार्फत प्रसूति गराएको छ।

काठमाडौंकी २७ वर्षीय महिला निरन्तर फलोअपमा जादाँ ‘डेलीभरी प्लानको’ लागि पीसीआर गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। ती महिलामा कुनै पनि लक्षण र ट्राभल हिस्ट्री नभए पनि डेलीभरी गराउनकै लागि पीसीआर गरिएको थियो।

शुक्रबार बिहान १२ बजे उनको डेलीभरी गराएको शल्यक्रियाम संगल्ग्न डाक्टर ज्योत्सना शर्माले बताइन्। उनको अनुसार अहिले महिलाको र बच्चाको अवस्था सामान्य छ।

शल्यक्रिया गर्ने टिममा डाक्टर ज्योत्सनासहित डाक्टर आकाश अर्याल र सुशीला लामा थिए। डाक्टर भर्माले भनिन्, ‘हामीले कोभिड पोजेटिभ महिलाको डेलिभरी गराएको पहिलोपटक हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?