Comments Add Comment

एकैदिन १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज

१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यसस“गै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४५४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका ८२ जना, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, सुनसरीका ४९, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, झापा र नवलपुरका २८/२८ जना, पर्साका २७, सप्तरी र गोरखाका २६/२६ जना, सुर्खेतका २२, बारा र जुम्लाा २१/२१ जना, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १० र दैलेखका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रे, कपिवलस्तु र दाङमा ७/७ जना, पाल्पामा ६, नुवाकोट र कञ्चनपुरमा ५/५ जना, सिन्धुपाल्चोक र डोटीमा ४/४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीमा ३/३ जना, ओखलढुंगा, खोटाङ, रौतहट, दोलखा, सिन्धुपाल्चोक र गुल्मीमा २/२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र अछाममा १/१ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment