Comments Add Comment

मेसीले बार्सिलोना नछाड्ने

१९ भदौ काठमाडौं । सुपरस्टार लिओनल मेसीले स्पानिस क्लब बार्सिलोना नछाड्ने भएका छन् । विभिन्न आरोह अवरोहपछि मेसी अन्तत: क्याटलान क्लबमा नै रहने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत हप्ताको मंगलबार मेसीले क्लब छाड्ने घोषणा गर्दै पत्र पठाएका थिए । तर अबको नयाँ सिजनमा पनि उनले बार्सिलोनाबाटै खेल्ने भएका हुन् ।

करिब १० दिनको अन्यौलपछि उनले फेरि  एक सिजन बार्सिलोनाबाटै खेल्ने निर्णयमा उनी पुगेका हुन् । बार्सिलोनामा मेसीको अझै एक सिजनका लागि सम्झौता बाँकी छ ।

उनको रिलिज क्लज ७०० मिलियन युरो तोकिएको छ । यही रिलिज क्लजको विषयमा क्लब र मेसीबीच मतभेद हुँदा मेसीले चाहेअनुसार क्लब छाड्न नसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment