Comments Add Comment

सिरहाबाट पेस्तोलसहित ३ जना पक्राउ

२० भदौ, जनकपुरधाम । सिरहा प्रहरीले मिर्चैया नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाको वडा नम्बर ५ बाह्रबिघामा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई हतियारसहित शुक्रबार राति पक्राउ गरिएको हो ।

को ३५ प ४०१३ नम्बरको मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डलको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको छ ।

पक्राउ परेकासँग सोधपुछ गर्दा मिर्चैया ५ का किराना व्यवसायी ३९ वर्षीय रमेश साहलाई पनि पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment