Comments Add Comment

भीमसेनगोलामा पनि फुड बैङ्क सञ्चालनमा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञासँगै फुड बैङ्कको अवधारणा देशभरि नै विस्तार भएको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनको एक सातापछि सुरू भएको यो अवधारणाले पछिल्लो समय बढी चर्चा पाएको हो ।

पछिल्लो समय मोरङको केराबारी गाउँपालिकामा ‘हुनेले दिने, नहुनेले लैजाने’ अभियानसँगै यो देशभरि चर्चाको विषय बनेको हो ।

यसैबीच काठमाडौंको भीमसेनगोलामा समेत फुड बैङ्क सञ्चालनमा आएको छ । कृति फाउन्डेसन र जिल्ला स्काउट कार्यालय काठमाडौंले संयुक्त रूपमा महानगरपालिका–९ स्थित भिमसेनगोलामा सञ्चालन गर्न लागिएको ‘फुड बैङ्क’को नेतृत्व नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलले गरिरहेका छन् ।

‘फुड बैङ्क’मा शिव मगराती, प्रदीप लामा, प्रदीप बस्नेत, सन्तोष नेपाल र सुवर्ण शाहले स्वयंसेवीको काम गरिरहेका छन् । सो समूहले दाताहरुबाट प्राप्त खाद्य सामग्री वा रकमबाट एउटा परिवारलाई एक छाकका लागि पुग्ने खानाको प्याकेट वितरण गर्ने गरेको छ ।

प्याकेटमा एक किलो चामल, २२५ ग्राम दाल, सय ग्राम नुन र २५० ग्राम मस्यौरा राखिएको छ । प्याकुरेलले सहयोगको दुरुपयोग नहोस् भनेर दैनिक फरकफरक स्थानमा घुम्ती सेवा उपलब्ध गराउने गरिएको जानकारी दिए ।

अभियानमा सहयोग गर्न इच्छुकहरुले इ–सेवामार्फत पनि रकम उपलब्ध गराउन सक्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment