Comments Add Comment

कोरोनाबाट थप १२ जनाको मृत्यु पुष्टि, १०४१ संक्रमित थपिए

२० भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मोरङका ४ जना, काठमाडौंका ३, पर्साका २ र नवलपरासी, रुपन्देही र महोत्तरीका एकएक जनाको मृत्यु भएको छ ।

  • विराटनगर-११, मोरङकी ४३ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । उनलाई चार दिनदेखि उच्च ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या देखिएको थियो । १७ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि भोलिपल्टै अस्पताल भर्ना भएकी थिइन् ।
  • कोशी अस्पताल कोभिड-१९ आइसोलेसन सेन्टरमा उपचारका क्रममा मृत्यु भएकी विराटनगर-४, मोरङकी ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, झाडापखाला र श्वास प्रश्वाससम्बन्धी समस्या दिएर शुक्रबार अस्पताल भर्ना भएकी उनको साँझ मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कारोना संक्रमण पुष्टि भएको हो ।
  • बुढीगंगा-५, मोरङका ४५ वर्षीय पुरुषको बिराट मेडिकल कलेजमा मृत्यु भएको छ ।
  • धनपालथान-३, मोरङका ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड-१९ आइसोलेसन सेन्टरमा मृत्यु भएको छ । शुक्रबार बेलुका अस्पताल भर्ना भएका उनको शनिबार दिउँसो मृत्यु भएको हो ।
  • सितापाईला, काठमाडौंका ४१ बर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । निमोनिया तथा मृगौलासम्बन्धी समस्या भएर साउन ३२ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भउको भदौ १ गते पुष्टि भएको थियो ।
  • शुक्रबार मृत्यु भएका कालोपुल, काठमाडौंका ५९ बषर्ीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १९ गते ओम अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको थियो ।
  • बिहीबार मृत्यु भएका मालिगाउँ, काठमाडौंका ६५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई हृयाम्स अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
  • वीरगञ्ज-१० पर्साका ७७ वर्षीय पुरुषको काठमाडौं ल्याउने क्रममा बाटै मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि नारायणी बयोधा अस्पतालमा भर्ना भएका उनलालाई कोरोना संक्रमण भएको भदौ १८ गते पुष्टि भएको थियो ।
  • पकाहा मैनपुर-२ पर्साका ७५ वर्षीय पुरुषको काभिड अस्पताल गण्डकमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी भदौ ५ मा अस्पताल भर्ना भएका थिए ।
  • प्रतापपुर-२, नवलपरासीकी ३७ वर्षीया महिलाको कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । उनी ज्वरो आउनका साथै श्वासप्रश्वासमा समस्या भएपछि भदौ १५ गते अस्पताल भर्ना भएका थिए र, उनमा कुनै दिर्घरोग थिएन ।
  • बुटवल-११ रुपन्देहीका ४० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । ज्वरो आउनका साथै श्वासप्रश्वासमा समस्या भएपछि भदौ १७ गते अस्पतालमा भर्ना भएकी उनमा कुनै दिर्घरोग थिएन ।
  • महोत्तरीका ७८ वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

०४१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । उनीहरुमध्ये २८० जनाको मृत्यु भएको छ भने २७ हजार १२७ कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment