Comments Add Comment

कोरोना बीमाको मापदण्ड सच्याउन शेखर गोल्छाको आग्रह

२१ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रह गरेका छन् ।

निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बीमा समितिले मापदण्ड बनाएपछि गोल्छाले त्यसलाई सच्याउन आग्रह गरेका हुन् ।

सरकारले नै अनुमति दिएर परीक्षण गर्दै आएका निजी प्रयोगशालाको रिपार्ट नै मान्य हुँदैन भन्नु गलत भएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । बीमा समितिको यो मापदण्डका कारण सर्वसाधारणहरुले सास्ती पाउने र बीमाप्रतिको विश्वसनीयता पनि घट्ने उनले बताए ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा नै मापदण्डको विरोधसमेत गरेका छन् । ‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बीमाप्रतिको विश्वसनीयता पनि घट्छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘कम्पनी, समिति र सरकारले यस समस्याको तुरुन्त समाधान खोजियोस् ।’

यो पनि पढ्नुहोस ७५ करोड उठाएपछि संक्रमितलाई बीमा दावी भुक्तानीमा नयाँ शर्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment