Comments Add Comment

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रिमियरमा राजेश र गौरीको डान्स

हिमालय टेलिभिजनले सेलिब्रिटीहरुको डान्स रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ भदौको अन्तिम साताबाट प्रशारण गर्ने तयारी गरेको छ । यो रियालिटी शोमा विभिन्न क्षेत्रका १२ जना सेलिब्रिटीहरुले डान्सको प्रतिस्पर्धा गर्नेछन् ।

जसमा गायिका ज्योती मगर, गायक बुद्ध लामादेखि कलाकार प्रशान्त तामाङ, रक्षा श्रेष्ठ लगायत छन् । यस्तै, श्रृष्टी केसी, दीपा दमन्ता, फुटबल खेलाडी हरि खड्का, कलाकार पूजा ठाकुर, दिवान्सी बैद्धवार, नायिका सुमी मोक्तान, कलाकरा उमेश राई छन् ।

यो रियालिटी शोमा निर्णायकको रुपमा कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई, नायिका गौरी मल्ल र नायक दिलिप रायमाझी रहनेछन् । यो रियालिटी शोको् प्रिमियर शोको छायांकन सकिएको छ । प्रिमियर शोमा नायक राजेश हमाल अतिथीको रुपमा उपस्थिती भएका छन् ।

साथमा, शोका प्रतिस्पर्धी, कोरियोग्राफर र निर्णायकहरुको नृत्य प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिनेछ । सेलिब्रिटीहरुको डान्सिङ रियालिटी शो भएकाले पनि दर्शकमा यो शोलाई लिएर उत्सुकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment