Comments Add Comment

कलेजो दिने बाबामा समर्पित निशानको ‘जिन्दगी’ सार्वजनिक

 

बैतडीका दुई महिने शिशु शिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ ।

संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा चर्चीत गायक निशान भट्टराई स्वर दिएका छन् । जन्मीएको १४ औँ दिनदेखि विरामी परेका सिवांसलाई महेशले दक्षिण भारत चेन्नईको डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए । नेपालमा एक महिनासम्म आइसियुमा राखेर उपचार गर्दा पनि रोगको राम्रोसँग निराकरणसमेत नहुँदा मध्ययमवर्गीय महेशले भारत पुगेर कारोड बढी खर्च गरि छोरालाई बचाएका थिए ।

महेश अवस्थीको मर्मस्पर्शी र कहालिलाग्दो संघर्षको कथाले आफुलाई गीत लेख्न उद्येलित बनाएको संगीतकार कमलाले बताइन् । उनले भनिन्, ‘गीतमा छोरालाई बचाउनको लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई देखाएका छौँ ।’

नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभुति गरेको गायक निशानले बताए । उनले भने, ‘स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ । शव्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रुपमा पनि लिएको छु ।’ गीत निशानको व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गीतवाट आउने सम्पूर्ण रोयल्टी शिवांसको उपचारको लागि सहयोग गर्ने पनि गायक निशानले घोषणा गरेका छन् ।

गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन् । निर्देशक वाइवाले भने, ‘यो मेरो लागि अहिलेसम्मकै फरक काम हो । त्यसैले, कोरोना कहरको बेला पनि जोखिम मेलेर निशुल्क रुपमा यो भिडियो तयार परेका हौँ ।’ भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएका छ ।

लकडाउनअघि श्रीमति र उपचाररत छोरालाई अस्पतालमै छोडेर व्यवहार मिलाउन नेपाल आएका महेश अझै फर्कीन पाएका छ्रैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment