+
+
Shares

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १९:४७

२१ भदौ, विराटनगर । मोरङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो विराट मेडिकल कलेजमा बुढीगंगा गाउँपालिका– ४ का ५२ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेजका प्रशासन प्रमुख सुधीरसिंह राठोरका अनुसार तीन दिनअघि भर्ना भएका उनलाई निमोनियाको समस्या देखिएको थियो । उपचारका क्रममा उनको आइतबार दिउँसो साढे ३ बजे मृत्यु भएको थियो । मृत्युपछि कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको उनले बताए । मृतक पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या पनि थियो ।

शुक्रबार राति कोशी अस्पतालमा मृत्यु भएका विराटनगर महानगरपालिका– २ का ७० वर्षका वृद्धको पनि मृत्युपछि आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?