Comments Add Comment

लाइन जजलाई बलले हानेपछि जोकोभिच युएस ओपनबाट ‘डिस्क्वालिफाइड’

युएस ओपनको सबै र्‍याङ्किङ प्वाइन्ट र प्राइज मनी पनि गुमाउने

२२ भदौ, काठमाडौं । उपाधिको मुख्य दाबेदारको रुपमा रहेका सर्वियन खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएका छन् ।

चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि जोकोभिच च्याम्पियनसिपबाट ‘डिस्क्वालिफाइड’ भएका हुन् । प्रतियोगिताबाट बाहिरिएपछि जोकोभिचको उपाधि जित्ने सम्भावना सकिएको छ ।

बुस्टासँग अंक गुमाएपछि ३३ वर्षीय जोकोभिचले निराश हुँदै लाइन जज तर्फ बल हानेका थिए । उनले हानेको बलले लागेपछि लाइन जज ढलेका थिए ।

अफिसियलहरुबीच लामो छलफलपछि जोकोभिचलाई प्रतियोगिता खेल्न नदिने निर्णय भएको थियो ।

युनाइटेड स्टेट्स टेनिस एसोसिएसनले एक स्टेटमेन्ट जारी गर्दै जोकोभिचले लाइन जजलाई बल हानेकोले उनलाई प्रतियोगिताबाट डिस्क्वालिफाइट गरेको जनाएको छ । साथै उनले युएस ओपनको सबै र्‍याङ्किङ प्वाइन्ट र प्राइज मनी पनि गुमाउने जनाएको छ ।

जोकोभिचले पनि इन्स्टाग्राममा एक स्टेटमेन्ट जारी गर्दै दु:खी बनाएको र युएस ओपनसँगै सबैसँग माफी माग्न चाहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment