Comments Add Comment

कस्ता मानिसलाई खाना पचाउन समस्या हुन्छ, समाधान कसरी गर्ने ?

कहिलेकाहीँ धेरै खाना खाँदा, धेरै चिल्लो खाना खाँदा, गलत तरिकाले खाना खानाले राम्रोसँग पच्दैन । तर, लामो समयसम्म खाना अपच हुने समस्या देखियो भने यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । कस्ता मानिसलाई हुन्छ त अपच हुने समस्या ? साथै कसरी गर्ने त यसको समाधान ?

अपचको कारण हुनसक्ने रोग

तपाइँलाई अपचको समस्या छ भने तपाइँलाई एलर्जी, अर्थराइटिस, ओटो इम्युन डिजिज, स्क्रिन इन्फेक्सन, डण्डीफोर, थकान र मुड डिसअर्डरजस्ता समस्या देखिन सक्छ ।

यी कारणले पन हुन सक्छ अपच

– भोजनमा  चिनीको मात्रा अत्यधिक हुँदा अपचको समस्या हुन सक्छ । पोषक तत्वको कमीको कारण शरीरमा हानिकारक ब्याक्टेरियाको स्तर बढ्छ, यसले अपचको समस्या हुन सक्छ ।

– एस्प्रिन र प्रिलोसेकजस्ता औषधि धेरै सेवन गर्नुले पनि पाचन प्रक्रियामा नराम्रो असर पार्छ  .। यस्तोमा निश्चित मात्रामा मात्र यसको सेवन गर्नु राम्रो हुन्छ ।

– पारा र मोल्ड टोक्सिनको स्तर वृद्धि हुन्छ । यसले पाचन प्रक्रियामा गडबढी ल्याउन सक्छ ।

–तनावको कारण पनि तपाइँको नर्भसको प्रक्रिया बिग्रिन सक्छ । यसबाट पाचन प्रक्रिया बिग्रिन सक्छ । साथै शरीरमा ब्याक्टेरियाको सन्तुलन पनि बिग्रिन सक्छ ।

– यसका साथै फूड पाइप वा शरीरमा गडबढी हुनाले पनि शरीरको खाना पचाउने कार्यमा पनि समस्या आउन सक्छ ।

पाचन क्रियामा ब्याक्टेरियाको भूमिका

पेटमा राम्रो ब्याक्टेरियाको पाँच सय प्रजाति हुन्छन्, यी ब्याक्टेरियाले भोजन पचाउन सहयोग गर्छ । साथै यी ब्याक्टेरिया हर्मोनलाई सन्तुलित राख्न, विकार बाहिर निकाल्न तथा भिटामिन वा अन्य आवश्यक तत्व निर्माण पनि हुन्छ । यदि यसमा पारासाइट्स वा यिस्टजस्ता हानिकारक ब्याक्टेरियाको स्तर बढ्यो अर्थात् ल्याक्टोबासिलस वा बिफिडोब्याक्टेरियाजस्ता राम्रो ब्याक्टेरियाको कमी भएको भने तपाइँको स्वास्थ्य अवस्था बिग्रिन सक्छ ।

अपच हटाउने घरेलु उपाय

खाना राम्रोसँग पचेन भने पेटमा ग्यास भरिने, जीउ भारी हुने, बेचैनी हुने, बान्ता, रिंगटा लाग्नेजस्ता समस्या देखिन सक्छ । त्यसैले यी समस्याबाट पार पाउन निम्न घरेलु उपचार प्रयोग गर्न सकिन्छ ।

सौफ

अपचको समस्या हुन्छ भने सौफ चपाउन शुरु गर्नुहोस् । साथै दिनमा दुईपटक सौफको पानी बनाएर पिउनुहोस् । यसबाट तपाइँको समस्या टाढा हुनेछ ।

दही

दहीमा ज्वानो हालेर खानाले केवल अपचको समस्या टाढा हुने मात्र नभई पाचन प्रक्रियालाई पनि दुरुस्त बनाउँछन् । जसको कारण पेटको समस्याबाट बचाउँछ । साथै दहीमा जीरा, नुन र कालो मरिच हालेर दैनिक खानाले अपचको समस्या समाधान हुन्छ ।

भुइँ कटहर

भुइँ कटहरमा नुन र कालो मरिच हालेर खाँदा पनि अपचको समस्या टाढा हुन्छ ।

प्याज

प्याज काटेर त्यसमा कागतीको रस निचोरेर दैनिक खानाले अपचको समस्या समाधान हुन्छ ।

ल्वाङ

दुईओटा ल्वाङलाई पिस्नुहोस् । एक÷दुई कप तातो पानी हाल्नुहोस् । पानी चिसो भएपछि पिउनुहोस् । एक दिनमा तीनपटक यसो गर्दा यसले पनि हामीलाई फाइदा पु¥याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment