२२ भदौ, काठमाडौं । काठमाडौं-१०, बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् । न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् ।
आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको छ ।
हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई बताए । उनले भने, ‘अब पोष्टमार्टमपछि नै विस्तृत कारण खुल्नेछ ।’
बाराको निजगढ स्थायी घर भएका ठाकुर एक दशकदेखि बुद्धनगरमा सैलुन चलाउँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4