Comments Add Comment

एमबाप्पेलाई कोरोना संक्रमण

२३ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड किलिएन एमबाप्पेलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया विरुद्धको खेल गुमाउनेछन् ।

गत साता नेमारसहित पिएसजीका ६ खेलाडीलाई कोरोना संक्रमण भएको थियो । एमबाप्पेले लिग वानको सुरुवाती खेलसमेत गुमाउने शंका छ ।

२१ वर्षीय एमबाप्पेले यसअघि नेशन्स कपमा स्वीडेनलाई १-० ले हराउँदा निर्णायक गोल गरेका थिए ।

उनलाई अहिले टिमभन्दा बाहिर राखिएको छ र घर पठाइसकिएको छ । फ्रान्सले नेशन्स लिग अन्तर्गत मंगलबार घरेलु मैदान स्टेड डे फ्रान्समा क्रोएसियासँग खेल्दैछ ।

‘युइएफएद्वारा सोमबार गरिएको कोभिड-१९ परLक्षणमा उनको पोजेटिभ रिपोर्ट आएको छ । उनलाई टिमबाट अलग गरिएको छ र प्रशिक्षणको अन्त्यमा रिजल्ट आएपछि घर पठाइएको छ,’ फ्रान्स पुटबल फेडेरेसनले जारी गरेको वित्तप्तीमा उल्लेख छ, ‘त्यसअघि पनि एमबाप्पेको परिक्षण भएको थियो र नेगेटिभ रिपोर्ट आएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment