Comments Add Comment

भारतमा एकैदिन कोरोनाबाट ११३३ को मृत्यु

२३ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को कारण एक हजार १३३ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२ हजार ७७५ पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७५ हजार ८०९ नयाँ संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको यो संख्या पछिल्लो एक सातायताकै कम हो । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख ८० हजार ४२३ पुगेको छ । जसमध्ये अहिलेसम्म ३३ लाख २३ हजार ९५१ संक्रमित निको भइसकेका छन् । अझै आठ लाख ८३ हजार ६९७ संक्रमित निको हुन बाँकी छन् ।

कोरोना भाइरसका संक्रमित संख्याको आधारमा भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने दोस्रो मुलुक हो । पहिलो स्थानमा अमेरिका छ । अमेरिकामा ६३ लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment