
२४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारण विश्वभर लाखौं बालबालिका जोखिममा रहेको बताएको छ ।
राष्ट्रसंघले महामारीको कारण स्वास्थ्य सेवामा देखिएको अवरोधले एक दशक लामो प्रयासपछि बाल मृत्युदर घटाउनमा पाएको सफलता गुम्न सक्ने चेतावनी दिएको हो ।
राष्ट्रसंघको बालबालिका कोष युनिसेफका अनुसार एक वर्षमा बच्न सकिने रोगको कारण मृत्यु हुने पाँच वर्षभन्दा मुनिका बालबालिकाको संख्या अहिले ५२ लाख छ । यो संख्या सन् १९९० मा एक करोड २५ लाख थियो ।
यद्यपि राष्ट्रसंघले गरेको सर्वेक्षणले विश्वका अधिकांश मुलुकमा महामारीको कारण बालबालिका तथा मातृत्व कार्यक्रम प्रभावित बनेको छ । साथै खोप र कुपोषण नियन्त्रणको कार्यक्रम पनि रोकिएका छन् ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4