Comments Add Comment

छेतन गुरुङः संगीतको धुनमा कथा बुन्ने निर्देशक

४२ बर्षकै उमेरमा निर्देशक तथा लेखक छेतन गुरुङको निधन भयो । मृगौला सम्बन्धी रोग पहिलेदेखि नै भएपनि पछिल्लो समय उनको कलेजोले पनि काम गर्न छाडेको थियो । २ दिन अगाडि कलेजोमा समस्या आएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । तर, छेतन गुरुङ सधैका लागि बिदा भएर गएका छन् ।

नेपाली चलचित्रमा उनको आगमन त्यती लामो छैन । चलचित्र ‘नोभेम्बर रेन’को कथा लेखेपछि छेतन चलचित्रकर्मीमाझ परिचित भएका हुन् । यो चलचित्रले व्यापारिक रुपमा सफलता मात्र पाएन, छेतनको कथालाई पनि दर्शकले रुचाए ।
कोरियन चलचित्रबाट प्रभावित यी लेखकले ‘नोेभेम्बर रेन’मा प्रेमको भाषा भन्ने कोशिश गरे । उनले चलचित्रमा व्यवसायिकता खोजेका थिए । चलचित्र ‘क्लासिक’मा उनले प्रेमको भाषालाई फेरि नयाँ रुप दिए । दृष्टिबिहिन यूवती र यूवकको प्रेमकथाले दर्शकको मन जित्यो । छेतनको लेखाइले चलचित्रकर्मी र दर्शक दुबैलाई आकर्षित गरेको थियो ।

छेतन निकै कम बोल्ने लेखक हुन् । उनी, आफ्नो काममा गहन रुपमा घोत्लिने गर्दथ्य । छेतनले लेखेका ‘नोभेम्बर रेन र क्लासिक’ चलचित्र निर्देशन गरेका निर्देशक दिनेश राउत उनलाई निकै नै मिलनसार मानिसको रुपमा चिन्छन् । अनलाइनखबरसँग दिनेशले भने–‘छेतनलाई चलचित्रको स्क्रिप्ट लेख्दा संगीतमा डुब्न मन लाग्थ्यो । उनी, स्क्रिप्टको गहिराइसम्म पुगेर काम गर्न खोज्थे । जसलेगर्दा, उनको अभाव चलचित्रको लेखन र निर्देशनमा सधै खड्किनेछ ।’

राउतका अनुसार, छेतनले कहिले पनि अरुको कुभलो चिताएनन् । अरुको राम्रो हुन्छ भने सहयोग गर्नुपर्छ भन्ने भावना छेतनमा थियो । छेतनलाई चलचित्रको कथा लेख्दा म्यूजिक सुन्नुपथ्र्यो । उनी, कथा लेख्दा सबैसँग सल्लाहा गरेर त्यसको गहिराइमा पुग्ने कोशिश गर्थे ।

व्यवसायिक चलचित्र लेख्दै आएका निर्देशकले आफ्नो डेब्यू निर्देशनमा भने नेपाली माटोको सुगन्ध खोज्ने प्रयास गरे ।

‘डमरुको डन्डिबियो’ नामक चलचित्र निर्देशन गरेपनि छेतनलाई व्यवसायिक रुपमा सफलता त मिलेन । तर, उनले अर्गानिक कथा खोजेका थिए, यो चलचित्रमा । सो समयमा राष्ट्रिय खेल भएर पनि ओझेलमा परेको डन्डिबियोलाई उनले चलचित्रमा उतारे । छेतनले कथा भन्ने शैली फेरेका थिए । उनले ‘प्रेमगीत ३’ निर्देशन गरे । यो चलचित्र रिलिज भएको छैन । तर, छेतनले यो चलचित्रमा पनि नयाँपन खोजेको आभाष यसका प्रचार सामाग्रीबाट वुझ्न सकिन्छ । छेतन अब चलचित्र ‘हुतुतु’ निर्देशन गर्ने तयारीमा थिए । यो चलचित्रमा मल्टिस्टार कलाकारलाई कमेडी र प्रेमकथाको चलचित्रमा खेलाउने उनको चाहना थियो । तर, यो सपना उनको अधुरो नै रहन पुग्यो ।

नेपालमा बलियो स्क्रिप्ट लेखकको अभाव सधै खड्किएको छ । छेतन गुरुङले केही हदसम्म यो अभावलाई पुर्ती गर्ने कोशिश गरिरहेका थिए ।
निर्देशक गुरुङको पार्थिव शरीरलाई भोली दाहासंकार गरिनेछ । सो भन्दा अगाडि १ घन्टा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment