Comments Add Comment

१०८१ जनामा कोरोना संक्रमण पुष्टि, थप २ जनाको मृत्यु

२४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा ३३८ महिला र ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ । ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकाका थप ४६४ जनामा संक्रमित थपिएका छन् । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सिराहाका ८१ जना, मोरङका ७७, रौतहटका ७०, सुनसरीका ५६, मकवानपुर र रुपन्देहीका ४२/४२ जना, सप्तरीका २६, बाँके र सुर्खेतका २२/२२ जना, काभ्रेका २१, बाराका १७, बर्दियाका १३, नवलपरासीका १२, कपिलवस्तुका ११, कास्कीका १०, धनकुटाका ९ र झापा, पर्सा र सर्लाहीका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।

भोजपुरका ५ जना, नुवाकोट र तनहुँका ४/४ जना, ओखलढुंगा, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ र दार्चुलाका ३/३ जना, खोटाङ, महोत्तरी, धादिङ, बाग्लुङ,गुल्मी, पाल्पा, दैलेख र बझाङका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, सिन्धुली, गोरखा, नवलपुर, पर्वत, स्याङ्जा, दाङ, जाजरकोट र अछामका १/१ जनामा संक्रमण देखिएको छ ।

थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ८३ वर्षीय पुरुषको मेगा अस्पतालमा मृत्यु भएको छ । भदौ २० गते अस्पताल भर्ना भएका उनलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै काठमाडौंका ६७ वर्षीय पुरुषको अल्का अस्पताल, ललितपुरमा मृत्यु भएको छ । २३ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य जटिल भएकाले भेल्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ३१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment