Comments Add Comment

कैलालीमा सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

२४ भदौ, कैलाली । कैलालीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर-४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा बोलाएर धनगढीकी २१ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रेस्टुरेन्ट एन्ड बारका सञ्चालक २० वर्षीय सन्जु पालसहित डडेल्धुरा अमरगढी नगरपालिका १ का २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय दीपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका १ का २१ वर्षीय टङ्क धामी रहेको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनका अनुसार मंगलबार पालले युवतीलाई रेस्टुरेन्ट एन्ड बारमा बोलाएका थिए ।

युवतीको उजुरीको आधारमा चारै जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । ‘उनीहरु चारै जनामाथि जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको छ,’ उनले भने, ‘जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान समेत भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment