+
+
Shares

पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १०:३७

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ र प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा ५० वर्षीय दिनानाथ साह छन् र उनी र अर्का एक व्यक्तिले महिलालाई बलात्कार गरेको आरोप छ।
  • प्रहरीले आरोपीविरुद्ध अनुसन्धान जारी राख्दै अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

२९ वैशाख, काठमााडैं । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार छन् ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ घर भई वीरगञ्ज-१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनी र अर्का एक व्यक्ति मिलेर २७ वैशाखको राति एक महिलालाई एक्लै भएको मौका पारी मुख थुनेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?