Comments Add Comment

फेसबुकमा सांसद र महानगर प्रमुखलाई अश्लील शब्द प्रयोग गरेको आरोपमा एकजना पक्राउ

२४ भदौ, वीरगञ्ज । सामाजिक सञ्जाल फेसबुकमा सांसद प्रदीप यादव र वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीलाई अश्लील शब्द प्रयोग गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २६ वर्षिय असलम अन्सारी रहेका छन् । उनी महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा राखिएको कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलय पर्सामा उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धा दर्ता गरिएको छ । सांसद यादव र नगरप्रमुख सरावगीलाई अश्लील शब्द प्रयोग गरेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

मोबाइलमा नक्कली फेसबुकमा आईडी बनाएर सांसद् यादव र नगरप्रमुख सरावगीको तस्वीर राख्दै अश्लिल शब्द प्रयोग गरेर पोष्ट लेखेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुँवरले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।
‘पोष्ट गर्नका लागि उनकै मोबाइल प्रयोग भएको देखिन्छ । अरुको संलग्नता पनि हुन सक्छ,’ उनले भने, ‘सोधपुछका लागि प्रहरी पुग्दा उल्टै वादविवाद गरेपछि पक्राउ गरेर ल्याएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment