+
+

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

रासस रासस
२०७७ भदौ २५ गते ११:५१

२५ भदौ, कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पीसीआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि अध्यक्ष केसीले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए ।

कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित वागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । ‘अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ’, उनले भने, ‘उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।’

अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए ।

करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनले आफैँ क्वारेन्टिन र आइसोलेसनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आएका थए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?