Comments Add Comment

कसलाई प्रेम पत्र लेख्न चाहन्छिन् उपासना ?

कलाकारहरु सामाजिक संजालमा तस्वीर शेयर गर्दै फ्यानसँग जोडिन्छन् । जसले, कलाकारको हरेक दिनको गतिविधीको बारेमा फ्यानले पनि जानकारी पाइरहेका हुन्छन् ।

नेपाली चलचित्रका कलाकारहरु सोसल मिडियासँग निकै क्रेजी छन् । उनीहरु, आफ्ना नयाँ नयाँ अपडेट सार्वजनिक गर्न पछि पर्दैनन् । तर, कहिलेकाही कलाकारले लेख्ने स्टाटस भने रोचक हुन्छन् ।

नायिका उपासना सिंह ठकुरी इन्स्टाग्राममा सक्रिय छिन् । उनका तस्वीहरु दैनिकजसो सामाजिक संजालमा देखिन्छन् । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरेपछि नयाँ चलचित्र साइन नगरेकी यी सुन्दरी अहिले आफूलाई मेन्टेन पनि गरिरहेकी छिन् ।

उपासनाले सूर्यलाई प्रेम पत्र लेख्ने इच्छा व्यक्त गरेकी छिन् । उनले, आफ्नो सूर्यलाई प्रेम पत्र लेख्ने चाहना पुरा भैदिए हुन्थ्यो भनेर लेखेकी छिन् ।

हुनत, उपासनाले सूर्यलाई किन प्रेम पत्र लेख्न चाहेकी हुन् यो उनले नै जान्ने कुरा हो । तर, नेपाली चलचित्रकी यी सुन्दरीको प्रेम जीवन अहिलेसम्म सार्वजनिक भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment