Comments Add Comment

कानको संक्रमणमा के गर्ने ?

बच्चाहरुमा कानको संक्रमण अलि बढी हुनेगर्छ । नुहाउँदा कानमा पानी पस्ने वा आमाको दुध पिउँदा कानमा दुध पस्ने संभावना हुन्छ । यसले उनीहरुको कानमा संक्रमण हुने, पाक्ने गर्छ । कानको सुरक्षामा सर्तक भइयो भने यस्तो समस्या आफै ठिक हुन्छ ।

तर, पछि निरन्तर कान पाक्यो वा कानबाट रगत र पिप निस्कन्छ भने त्यसको उपचार खोज्नुपर्छ । किनभने कानमा संक्रमण भएको अवस्थामा यस्तो लक्षण देखापर्न सक्छ । कानमा चोट लागेको अवस्थामा पनि यो समस्या हुन्छ ।

कानबाट यदाकदा पानी निस्कन सक्छ, त्यो सामान्य मानिन्छ । यसको कारण हो कानबाट मैलो बाहिर निस्कनु । तर रगत र पिप निस्कियो भने त्यसले अनेक समस्याको संकेत गर्छ ।

नुहाउँदा, पौडी खेल्दा कानमा पानी पस्न सक्छ । त्यस्तै जथाभावी कान कोट्याउँदा त्यसभित्र चोट लाग्न सक्छ । यस्ता कारणले कानको संक्रमण हुने संभावना रहन्छ । कानको संक्रमण भएमा कानबाट पानी आउने, चिलाउने, कान सुन्निने वा रगत तथा पिप आउन सक्छ । यस्तो संक्रमण बढ्दै गएपछि श्रवण क्षमता एवं सुन्ने शक्तिमा पनि ह«ास आउँछ ।

कान सफा गरिरहँदा, हवाईजहाजमा यात्रा गर्दा वा पानीको गहिराईसम्म डुबुल्की मार्दा कानमा चोट लाग्न सक्छ र कानको पर्दामा प्वाल पर्न सक्छ । यसको कारणले कानको भित्री भागमा संक्रमण हुँदा कानबाट तरल पदार्थ बग्छ ।

कानबाट तरल पदार्थ के कारणले निस्किएको छ ? सोहि आधारमा त्यसको निदान खोज्न सकिन्छ । संक्रमण, दुखाई र सुन्निने जस्ता लक्षण हुँदा डाक्टरले इयर ड्रप्स, पेन किलर वा एन्टिबायोटिक्स दिन सक्छन् । यसै प्रकारले यदि साना बच्चाहरुलाई ज्वरो वा दुई छ भने चिकित्सकले उनीहरुका लागि इयर ड्रप्स लेख्न सक्छन् ।

यदि कानको पर्दा फुटेका कारण इन्फेक्सन भएको छ भने औषधि सेवन गर्नुपर्ने हुन्छ, जसले कानको प्वाल चाँडै भरिन्छ । यदि प्वाल भरिएन भने डाक्टरले सानो अपरेसन पनि गर्न सक्छन् ।

सावधानी

-कसैको कानमा यदि इन्फेक्सन छ भने उबाट टाढा रहनु पर्छ ।

– नहर वा पोखरीमा तैरिएपछि एन्टिबायोटिक इयर ड्रप्स हाल्ने नगरौं

–  कुनै तिखो वा फोहोर वस्तुले कान सफा नगरौं ।

-अत्यधिक हल्लाखल्ला वा पटका पड्एिको बेला इयर प्लग लगाउन नभुलौ ।

-नाक सफा गरिरहँदा बढि जोड नलगाउनुस, यसले कानको पर्दामा असर गर्न सक्छ ।

– कानमा बारम्बार औंला छिराउनुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment