+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कुवेतको अवैध मदिरा उद्योगबाट आठ नेपाली पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १३:४५

कुवेत । कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपाली पक्राउ परेका छन् । कुवेत सरकारले अवैध मदिरा फ्याक्ट्री बन्द गराउने अभियानअन्तर्गत तीन अपार्टमेन्टमा छापा मारेको थियो । यी अपार्टमेन्टहरुलाई रक्सी बनाउने कारखानामा परिणत गरिएको थियो ।

सुरक्षा अधिकारीहरुले छापा मार्ने क्रममा ठूलो संख्यामा रक्सीका बोतलहरु, रक्सी उत्पादनका उपकरणहरु पनि बरामद गरेका थिए । समाचारमा बताइएअनुसार प्रहरीले तीन अपार्टमेन्टहरुमा अवैध गतिविधिहरु हुने गरेको सूचनाको आधारमा छापा मारेको थियो ।

अहिले पक्राउ परेका आठ नेपालीलाई सोधपुछका लागि पठाइएको छ । त्यसपछि उनीहरुलाई डिपोर्ट गरेर आफ्नो घर पठाउने प्रक्रिया शुरु गरिनेछ । कुवेतको स्थानीय नगरपालिकाको सहयोगमा बरामद गरिएका सामानहरु नष्ट गरिएको थियो ।

स्रोतः अरब टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?