+
+
Shares

विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न विद्यार्थीहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १५:०४

२५ भदौ, बुटवल । पोखरा विश्वविद्यालय मातहतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्व विद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेका छन् ।

पोखरा विश्वविद्यालयमा विगत एक वर्षदेखि उपकुलपति, रजिष्ट्रार, डिन लगायतका १२ जना पदाधिकारीको पद रिक्त रहँदा अध्यापन, परीक्षा प्रणालीलगायत सबै क्षेत्र अस्तव्यस्त भएको भन्दै विद्यार्थीहरुले तत्काल पदाधिकारीको नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विश्वविद्यालय अभिभावकविहीन हुँदा पढाइमा परेको समस्या समाधानमा थप जटिलता भएको भन्दै यस विषयमा गम्भीर बन्न विद्यार्थीहरुले सरकारसँंग माग गरेका छन् ।

लुम्बिनी इन्जिनियरिङ कलेज रुपन्देहीमा अध्ययनरत विद्यार्थीहरुले कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेका हुन् ।

‘विश्वविद्यालय जस्तो प्राज्ञिक निकाय एक वर्षदेखि अभिभावक नहुंँदा विद्यार्थीले आफ्ना पीडा सुनाउने निकाय नै नभएको महसुस भएको छ,’ विद्यार्थी रोशन घिमिरेले भने, ‘प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने विश्वविद्यालयमा एक वर्षसम्म उपकुलपतिसहित १२ जना जिम्मेवार पदाधिकारीको नियुक्ति नहुनुले सरकार शिक्षा क्षेत्रमा कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट भएको छ ।’

पोखरा विश्वविद्यालय मातहतमा मुलुक भरी ६८ वटा कलेज सञ्चालनमा छन् भने ती कलेजमा ३० हजार ७ सय ४९ जना विद्यार्थी अध्ययनरत छन् । पत्रकार सम्मेलनमा लुम्बिनी इन्जिनियरिङ कलेजका निर्देशक तुल्सी सापकोटाले शिक्षा क्षेत्रमा राजनीति नगर्न सरकारलाई आग्रह गरे । विश्व विद्यालयमा रिक्त पदाधिकारीहरुको तत्काल नियुक्ति हुनुपर्नेमा जोड दिंदै उनले पदाधिकारीको अभावमा पोखरा विश्वविद्यालय मातहतका कलेजमा अध्ययनरत विद्यार्थीको पढाइ र परीक्षा प्रणाली नै अस्तव्यस्त बन्न पुगेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?