Comments Add Comment

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको सरुवा

२५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको सरुवा भएको छ । कोरोना कहरकै बीच डा. तिवारीको सरुवा भएको हो । डा. तिवारीको ठाउँमा नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेलाई नयाँ मेसु नियुक्त गरिएको छ ।

बुधबारको मन्त्रीस्तरीय निर्णयको आधारमा डा. पाण्डेलाई भरतपुर अस्पतालको नयाँ मेसु बनाइएको हो । डा. पाण्डे  ११ औं तहका कन्सल्टेन्ट फिजिसियन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment