+
+
Shares

कर्जाको माग बढ्न थाल्यो, निषेधाज्ञामा बैंकले गरे १९ अर्ब लगानी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १५:५८

२५ भदौं, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । बंकहरु कर्जा लगानी नभएर गुनासो गरिरहेका छन् । पछिल्लो ३ साता लामो निषेधाज्ञामा पनि कर्जा लगानी बढ्दै गएको देखिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुले निषेधाज्ञाकै बीचमा १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । ‘क’ वर्गका बैंकहरुको साउन मसान्तसम्म २८ अर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको छ । भदौं लागेपछिको १९ दिनमा भने कर्जा लगानी १९ अर्ब रुपैयाँले बढेर २८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

संघले उपलब्ध गराएको तथ्यांक अनुसार निक्षेपको तुलनामा कर्जा नै धेरै बढेको छ । १९ अर्ब कर्जा लगानी भएको अवधीमा निक्षेप भने १२ अर्ब रुपैयाँमात्रै जम्मा भएको संघले जनाएको छ ।

भदौ १ गते भन्दा अगाडि बैंकहरुमा ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । संघका अनुसार १९ दिनमा बढेर ३४ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?